नुवाकोट महादेवफाँटमा शव व्यवस्थापन गर्दै सशस्त्र प्रहरीको टोली
काठमाडौं - रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा व्यवस्थापन कार्य तीव्र पारिएको छ ।
बाढीबाट प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल प्रहरीलगायत विभिन्न उद्धार टोलीहरु सक्रिय छन् । प्राविधिक टोलीका एसआई विकल्प परियार नेतृत्वको खटिएको टोलीले खोज तथा उद्धारसँगै शव व्यवस्थापनको काम गरिरहेको छ ।
बाढी प्रभावित नुवाकोटको बेलकोटगढी नगरपालिका–७, महादेवफाँट क्षेत्रमा सशस्त्र प्रहरीको टोली परिचालन गरी प्रभावित नागरिकको खोज, उद्धार तथा शव व्यवस्थापनका काम गरि रहेको हो ।
सशस्त्र प्रहरीको टोलीले बाढीबाट अहिले शव व्यवस्थापन कार्यलाई प्राथमिकता राखेर काम गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३ १२:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

