फेवातालमा कायाकिङ गर्ने क्रममा डुबेका युवकको उद्धार
पोखरा - कास्कीको पोखरा महानगरपालिका–६ स्थित फेवातालमा कायाकिङ गर्ने क्रममा डुबेका एक युवकको सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धार गरेको छ।
उदयपुर घर भई पोखरा घुम्न आएका अन्दाजी २१ वर्षीय आयुस तामाङ कायाकिङ गर्ने क्रममा शुक्रबार दिउँसो फेवातालमा डुबेका थिए।
घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल फेवा रेस्क्यु टावरबाट प्रहरी सहायक निरीक्षक रामप्रसाद शर्माको कमाण्डमा गोताखोरसहितको टोली परिचालन गरिएको थियो।
टोलीले फेवातालको करिब ३० फिट गहिराइबाट तामाङको उद्धार गरेको हो। उद्धारपछि उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।
उद्धार गरिएका तामाङको अवस्था जटिल रहेको जनाइएको छ।
प्रकाशित मिति: शनिबार, भदौ २०, २०८३ १६:५९
प्रतिक्रिया दिनुहोस्

