Harsamaya
 नारायणीमा हाम फालेका वृद्धको सकुशल उद्धार 

काठमाडौं - पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हाम फालेका एक वृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

सोही जिल्लाको देवचुली नगरपालिका–११ धारापानी बस्ने ६२ वर्षीय झनक प्रसाद पौडेल आज बिहान उक्त नदीमा हाम फालेका थिए।

सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गुल्म पूर्वी नवलपरासीबाट खटिएको टोलीले उनलाई मोटर बोटको सहयोगमा सकुशल उद्धार गरेको हो। उद्धार पश्चात उनलाई उपचारको लागि चितवन अस्पतालतर्फ पठाएको छ। उनको अवस्था भने सामान्य रहेको चितवन प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

त्यसैगरी सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ लार्चास्थित भोटेकोशी नदीको बीच भागमा  अड्किएका एक जनाको आज सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

सोही गाउँपालिका–१ लिस्ती बस्ने २३ बर्षिय संजिव बिकलाई उक्त नदिले बगाएको भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट तातोपानीबाट खटिएको टोलीले उनलाई नदीको बिच भागमा रहेको ढुङ्गामा अड्किएको अवस्थामा उद्धार गरेको हो। उद्धार पश्चात् उनलाई उपचारको लागी धुलिखेल अस्पताल पठाइएको थापाले जानकारी दिए।

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update