Harsamaya
महाकुम्भबाट फर्किंदै गरेका महोत्तरीका पाँच नेपालीको दुर्घटनामा मृत्यु
महाकुम्भबाट फर्किंदै गरेका महोत्तरीका पाँच नेपालीको दुर्घटनामा मृत्यु मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–७ बस्ने ६० वर्षीय बालकृष्ण झा, उहाँकी पत्नी ५० वर्षीया इन्दु देवी, जिल्लाको मनरासिश्वा नगरपालिका–२ बस्ने ५० वर्षीया मनतारन देवी र धनुषा जिल्लाको गङ्गुली बस्ने भाञ्जी ३० वर्षीया अर्चना झा रहेका छन् । गाडी चालक सिरहा घर भएको नाम, थर नखुलेका एक व्यक्ति रहेका जलेश्वर नगरपालिका–७...
दुम्कीवास बस र इभि ठोक्किदा एकको मृत्यु, नौ घाइते
दुम्कीवास बस र इभि ठोक्किदा एकको मृत्यु, नौ घाइते काठमाडौंबाट दाङ जाँदै गरेको रा१ख ३३६१ नम्बरको बस र बुटवलबाट काठमाडौं जाँदै गरेको प्र ०१–००६ ख ७८०८ नम्बरको इभि हाइस एकापसमा ठोक्किएका हुन् । हाइसमा सवार सबै यात्रु भारतको मिधिनिपुरका रहेका र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
भारतमा पिकअप भ्यान र ट्रक ठोक्किँदा ९ जनाको मृत्यु, १५ घाइते
भारतमा पिकअप भ्यान र ट्रक ठोक्किँदा ९ जनाको मृत्यु, १५ घाइते उत्तरी भारतको पञ्जाब राज्यमा शुक्रबार पिकअप भ्यान र ट्रक एक आपसमा ठोक्किँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य १५ जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।
कञ्चनपुरमा ट्याक्टर दुर्घटना, १७ जना घाइते
कञ्चनपुरमा ट्याक्टर दुर्घटना, १७ जना घाइते घाइते १७ जनामध्ये १२ जनाको कञ्चपुरको निमेष अस्पताल गुलरियामा उपचार भइरहेको र अन्य ५ जनाको नव जीवन अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। चालक ४३ वर्षीय सियाराम रानालाइ प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।
अछाममा मोटरसाइकलको ठक्करबाट वृद्वाको मृत्यु
अछाममा मोटरसाइकलको ठक्करबाट वृद्वाको मृत्यु कमल बजारबाट तुर्माखाँद जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००८ प ४०३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ७२ वर्षीया मैसरा ढकालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख ईश्वरीप्रसाद भण्डारीले बताए । 
अमेरिकामा हेलिकप्टरसँग ठोक्किएर विमान दुर्घटना
अमेरिकामा हेलिकप्टरसँग ठोक्किएर विमान दुर्घटना रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना सवार विमान र हेलिकोप्टर ठोक्किएका हुन् । एक भिडियोमा नजिकैको नदीमाथि विमान र हेलिकोप्टर ठोक्किएर विष्फोट भएको देखिन्छ ।
ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा बारामा एकको मृत्यु, चालक फरार
ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा बारामा एकको मृत्यु, चालक फरार बारामा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा मोटरसाइकलमा सवार रौतहट वृन्दावन नगरपालिका-३ विश्रामपुर बस्ने ४० वर्षीया बबिता ठाकुर रहेकी छिन्।
दक्षिण श्रीलङ्कामा बस दुर्घटना, २९ जना घाइते
दक्षिण श्रीलङ्कामा बस दुर्घटना, २९ जना घाइते श्रीलङ्काको दक्षिणी प्रान्त गालमा आइतबार बिहान तीनवटा बस एकआपसमा ठोक्किँदा कम्तीमा २९ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइते सबै जनालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । प्रहरीका अनुसार बिहान ८ः३० बजेतिर निजी स्वामित्वका यात्रुबाहक बसहरु दुर्घटना भएका हुन् ।
मोटरसाइकल दुर्घटनामा भौतिक पूर्वाधार मन्त्रालयका चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा भौतिक पूर्वाधार मन्त्रालयका चालकको मृत्यु उनका अनुसार कार्यालय जाँदै गर्दा मोटरसाइकल दुर्घटना हुँदा यादवको टाउकोमा गम्भीर चोट लागेको थियो । घाइते यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
सानोथिमिमा दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
सानोथिमिमा दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते उनको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको हो । सो दुर्घटनामा  मोटरसाइकलमै सवार तीन वर्षीया ईश्वरी राई घाइते भएकी छिन् । दुवैजना आमा छोरी हुन् ।
अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु
अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु अमेरिकाका धेरै दक्षिणी राज्यहरू भीषण हिमपातबाट पीडित हुन पुगेका छन्।  अमेरिकन मिडिया रिपोर्टका अनुसार यस आँधीका कारण अहिलेसम्म करिब १० जनाको मृत्यु भइसकेको छ भने २१ सयभन्दा बढी उडान रद्द गरिएको छ ।
पालुङटारमा स्कुटर दुर्घटना हुँदा सुरेशको मृत्यु
पालुङटारमा स्कुटर दुर्घटना हुँदा सुरेशको मृत्यु तीव्रगतिमा लामागाउँबाट हवाई ग्राउण्डतर्फ जाँदै गरेको स्कुटर दुर्घटनामा परेको उनको भनाइ छ । अजिरकोट गाउँपालिका–३, हङ्सपुर स्थायी घर भएका गुरूङ पालुङटारमा बस्दै आएका थिए । दुर्घटनाग्रस्त स्कुटर र शव मंगलबार फेला परेपछि घटनाको अनुसन्धान गर्दा गुरूङ आफैंले चलाएको स्कुटर दुर्घटनामा परेको खुलेको हो ।
Weather Update