Harsamaya
सवारी दुर्घटनामा युवकको मृत्यु
फाइल तस्वीर

काठमाडौं - काठमाडौँको सोह्रखुट्टेस्थित कालधारामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे कालधारा चोकस्थित सडकमा आज  बागमती प्रदेश ०२-०३३ प ३३९७ नम्बरको मोटरसाइकल र बा ४१ प ६७९ नम्बरको स्कुटर एकापसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार धादिङका १८ वर्षीय सजन रेग्मीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका रेग्मीको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । मोटरसाइकल चालक र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  १९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update