पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, ११ जना घाइते
पाल्पा - विद्यार्थी बोकेको बस आज बिहान यहाँ दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । शैक्षिक भ्रमणमा दाङबाट आएका विद्यार्थी रानीमहल जाने क्रममा दुर्घटनामा परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार घाइते सबैलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्याइएको छ । उनीहरुको अवस्था सामान्य छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२ १०:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

