मेला हेरेर फर्कने क्रममा बोलेरो भ्यान दुर्घटना, १० जना घाइते
रौतहट - रौतहटको चन्द्रनिगाहपुर देउराली चोकमा महिन्द्रा पिकअप बोलेरो भ्यान दुर्घटना हुँदा १० जना घाइते भएका छन्। चन्द्रपुर नगरपालिका वडा नं. ८ सन्तपुरबाट समाचकेवा मेला हेरेर फर्कने क्रममा सवारी दुर्घटनामा परेको हो ।
चन्द्रपुर नगरपालिका वाड न ४ को देउराली चोकमा गएराती साढे ११ बजेतिर मधेश प्रदेश –०३–००१च–७५२४ नम्बरको बलेरो भ्यान दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।
भ्यानमा सवार रहेका जना घाइते भएको र उनीहरूको चन्द्रनिगाहपुर स्थित चन्द्रपुर अस्पताल प्रा.लि र हाइवे अस्पतालमा उपचार भइरहेको छ।
सन्तपुर मेला हेरेर सर्लाही स्थित हरिवन घर फर्कने क्रममा दुर्घटना भएको उक्त गाडी तिब्र गतिमा रहेको कारण दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२ ०८:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

