Harsamaya
मुगुमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

हुम्ला - गए राति मुगुमा ट्याक्टर दुघटना हुँदा चालकको मृत्यु भएको छ । बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युत्को सबस्टेसन जडानका लागि पोल ढुवानी गरिरहेको लु ५त १२३७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो ।  

 सो ट्याक्टर मुगुको सोरु गाउँपालिकाको केन्द्रतर्फ जाँदै गरेको थियो ।  बाजुरा  गौमुल गाउँपालिका–३ का अन्दाजी २४ वर्षीया सुरेश रोकायाको घटनास्थलमै मृत्यु भएको सोरुकोट प्रहरी चौकीका बलवीर लावडले जानकारी दिए । 

विद्युत् पोल बोक्ने क्रममा उकालोमा ट्याक्टरको ‘ब्रेक फेल’ भई करिब ७०० मिटर तल खस्दा चालक रोकायाको घटनास्थलमै मृत्यु भएको र हुम्ला अदानचुली–२ का २८ वर्षीया रेशम भण्डारी सख्त घाइते भएको लावडले बताए । 

घाइते लवड जिल्ला अस्पताल मुगु लगिएको छ । ट्याक्टरमा चालक रोकाया र भण्डारी दुई जनामात्र सवार रहेको लावडले बताए । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update