Harsamaya
तीन राहदानी 'बिचौलिया' प्रहरीको नियन्त्रणमा 
तीन राहदानी 'बिचौलिया' प्रहरीको नियन्त्रणमा  प्रहरीले पासपोर्ट छिटो बनाइदिने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोपमा तीन 'बिचौलिया'लाई पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग बाहिरबाट पक्राउ गरिएको हो ।
सर्लाहीमा झण्डै ३९ केजी गाँजासहित एक जना पक्राउ
सर्लाहीमा झण्डै ३९ केजी गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार विशेष सूचनाका आधारमा रातभर खटिएको प्रहरी टोलीले जिल्लाको लालबन्दी नगरपालिका –६ स्थित शिव मन्दिर नजिकबाट करिब गाँजा ३८ किलो ८९० ग्रामसहित एक जनालाई पक्राउ गरेको हो ।
सर्लाहीमा खैरो हिरोइनसहित दुई भारतीय पक्राउ
सर्लाहीमा खैरो हिरोइनसहित दुई भारतीय पक्राउ जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गत शुक्रबार दिउँसो करिब ३:३० बजे प्राप्त विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
पूर्वसचिव अर्जुन कार्की पक्राउ
पूर्वसचिव अर्जुन कार्की पक्राउ नेपाल प्रहरीले नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीलाई पक्राउ गरेको छ ।
डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट
डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट डिम्ब तस्करी प्रकरणमा होप फर्टिलिटी सेन्टरका सञ्चालकलाई मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरिएको छ ।
वडाध्यक्षको हत्या आरोपी हवलदार यादव पक्राउ
वडाध्यक्षको हत्या आरोपी हवलदार यादव पक्राउ धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं.९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या गर्ने अभियुक्तलाई पक्राउ गरेको छ ।
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ सप्तरी राजविराजका देवको काठमाडौं महानगरपालिका–१३ स्थित पनेरुगाउँको कोठाबाट २७२ ग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ ।
युके र अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा मनोहर र मेघराज पक्राउ
युके र अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा मनोहर र मेघराज पक्राउ उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
नेपाली महिलालाई विवाह गरेर चीन पठाउने चार चिनियाँ पक्राउ
नेपाली महिलालाई विवाह गरेर चीन पठाउने चार चिनियाँ पक्राउ उनीहरूले विवाहका लागि केही महिलाहरूलाई चीनसमेत पठाइसकेको खुल्न आएको छ । पक्राउ पर्नेमा एक महिला र तीन पुरुष रहेको र त्यसमध्ये केही व्यक्ति भने लामो समयदेखि फरकफरक भिसामा आउजाउ गरेको पाइएको पनि विभागले बताएको छ ।
डिआइजी कार्कीलाई एआइजी बढुवामा सिफारिस
डिआइजी कार्कीलाई एआइजी बढुवामा सिफारिस गृह मन्त्रालय बढुवा समितिको शुक्रबार बसेको बैठकले जनपद तर्फका डिआइजी कार्कीलाई एआइजी पदमा बढुवा गर्ने निर्णय गरेको हो । कार्की कोशी प्रदेश कार्यालय विराटनगरमा कार्यरत थिए । 
मिथिला बिहारीका वडाध्यक्षको गोली हानी हत्या
मिथिला बिहारीका वडाध्यक्षको गोली हानी हत्या धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या गरिएको छ ।
कास्की कारागारका १९८ कैदीबन्दी अझै फरार
कास्की कारागारका १९८ कैदीबन्दी अझै फरार जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कास्की कारागारबाट भागेकामध्ये १९८ जना कैदीबन्दी अझै फरार रहेका छन् ।
Weather Update