निर्वाचन सुरक्षामा सशस्त्र प्रहरीका १६ सय बढी जनशक्ति खटिए
काठमाडौं - सशस्त्र प्रहरी बल नेपाल मुख्यालय हलचोकबाट निर्वाचन सुरक्षाका लागि १ हजार ६ सय भन्दा बढी जनशक्ति देशका विभिन्न जिल्लामा खटाइएको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार आज विभिन्न जिल्लामा फौज पठाइएको हो।
यसैबीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरले सबै युनिटलाई निर्वाचन सुरक्षालाई अभियानका रूपमा लिएर परिचालन हुन निर्देशन दिएका छन्।
प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२ १२:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

