Harsamaya
नागरिकता कसुरमा श्रीमान्–श्रीमती पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

दाङ - दाङमा झुटो विवरण पेस गरी नागरिकता प्राप्त गरेको आरोपमा श्रीमान्–श्रीमती पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राजपुर गाउँपालिका–३ बसन्तपुर निवासी ४४ वर्षीया श्यामकुमारी यादवले करिब ११ वर्षअघि मृत्यु भइसकेका बुधराम अहिरलाई बुबा देखाई झुटो विवरण पेस गरेर नागरिकता प्राप्त गरेको आरोपमा पक्राउ गरिएको हो।

नागरिकता सम्बन्धी कसुरमा श्यामकुमारी यादव र उनका श्रीमान् कृष्णबहादुर अहिरलाई इलाका प्रहरी कार्यालय गढवा दाङबाट खटिएको प्रहरी टोलीले भदौ १ गते साँझ ६ बजे पक्राउ गरेको हो।

उनीहरूलाई जिल्ला अदालत घोराहीबाट नागरिकता सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update