Harsamaya
कामको प्रलोभन देखाएर भारत लैजान खोजिएका दुई किशोरीको उद्धार, दुई पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

बाँके - कामको प्रलोभन देखाएर भारत लैजान खोजिएका बर्दियाका दुई किशोरीलाई बाँकेको नरैनापुर नाकाबाट सशस्त्र प्रहरीले उद्धार गरेको छ।

विशेष सूचनाका आधारमा सवारीसाधन जाँच गर्ने क्रममा नेपालगन्जबाट भारततर्फ जाँदै गरेको अटोरिक्साबाट किशोरीको उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बागेश्वरीले जनाएको छ।

किशोरीलाई लिन आएका नरैनापुरका हनुमान यादव र भारतको उत्तर प्रदेश श्रावस्तीका हनुमानप्रसाद महन्त पक्राउ परेका छन्। उद्धार गरिएका किशोरीलाई परिवारको जिम्मा लगाइएको छ।

पक्राउ परेका दुवै जनालाई अनुसन्धान तथा आवश्यक कारबाहीका लागि नरैनापुर प्रहरीलाई बुझाइएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  ०७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update