जेनजी आन्दोलनका क्रममा फरार लागुऔषध मुद्दाका प्रतिवादी ताहचलबाट पक्राउ
काठमाडौं - जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका लागुऔषध मुद्दाका एक प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२० बस्ने २६ वर्षीय अनिस थापा रहेका छन्। उनी लागुऔषध मुद्दामा पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा, काठमाडौँमा रहेका बेला २०८२ भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा फरार भएका थिए।
फरार थापालाई बिहीबार दिउँसो करिब २ः४५ बजे काठमाडौँ महानगरपालिका–१३, ताहचलबाट पक्राउ गरिएको हो।
पक्राउ परेका थापालाई आवश्यक कारबाहीका लागि केन्द्रीय कारागार, जगन्नाथदेवल, सुन्धारा, काठमाडौँ पठाइएको छ।
प्रकाशित मिति: बिहीबार, असोज १, २०८३ २१:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

