खैरो हेरोइनसहित दुई भारतीय महिला पक्राउ
विराटनगर - मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट ९० ग्राम ८५० मिलिग्राम खैरो हेरोइनसहित दुई भारतीय महिला पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारत जोगवनी बस्ने २५ वर्षीया लिजा खातुन र ४० वर्षीया जुली खातुन रहेका छन्।
बिहीबार बिहान ११ः३० बजे भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई चेकजाँच गर्ने क्रममा जुली खातुनको साथबाट खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।
बरामद लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: बिहीबार, असोज १, २०८३ १७:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

