Harsamaya
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १२३८ जनालाई कारबाही
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २३८ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८७, सिसिटिभिमार्फत ७१, रातोबत्तीमा १०३ जना चालकलाई कारबाही गरिएको छ । 

यसैगरी, तीव्रगतिमा १५२, हर्न निषेधमा ४६, लेन क्रसमा ७४, अवस्था ठिक नभएको ४०, एकतर्फीमा ११ र अन्यमा ६५१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज १, २०८३  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update