Harsamaya
प्रधान सेनापति सिग्देल र चिनियाँ रक्षामन्त्री डोङ जुनबीच भेटवार्ता
प्रधान सेनापति महारथी अशोकराज सिग्देल र चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुन ।

काठमाडौं - चीनको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति महारथी अशोकराज सिग्देलले चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुनसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

भदौ ३१ (सेप्टेम्बर १६) मा भएको भेटवार्तामा दुई देशबीचको आपसी हित तथा सैनिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

सोही दिन प्रधान सेनापति सिग्देलले चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निरीक्षण भ्रमण गरेका थिए। साथै, बेइजिङमा आयोजित १३औँ बेइजिङ स्याङसान मञ्चको उद्घाटन सत्रमा समेत सहभागी भएका थिए।

प्रकाशित मिति: बिहीबार, असोज १, २०८३  २१:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update