भक्तजन र प्रहरीमाथि अभद्र व्यवसार गर्ने युवक पक्राउ
काठमाडौं - महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनलाई अभद्र व्यवहार र प्रहरी कर्मचारीमाथि जाइलाग्ने युवक आज पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भई काठमाडौं महानगरपालिका–१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।
निजमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
ती युवकले शिवरात्रिका दिन पशुपति मन्दिरमा भक्तजनलाई अभद्र व्यहार र प्रहरीमाथि कुटपिट गरेको ‘भिडियो’ सार्वजनिक भएको थियो ।
प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२ १५:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

