ओडारमा लुकाइराखेका तीन थान भरुवा बन्दुक बरामद
जाजरकोट - जाजरकोटको नलगाड नगरपालिका–१३ सिउनास्थित हेर्ने भिरको ओडारमा लुकाइराखेको अवस्थामा प्रहरीले तीन थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय रग्दा, जाजरकोटबाट खटिएको प्रहरी टोलीले आज बिहान करिब ७ बजे ओडारमा बेवारिसे अवस्थामा लुकाइछिपाई राखिएका बन्दुक फेला पारेको हो।
प्रहरीका अनुसार बरामद तीन बन्दुकमध्ये दुई थान साबुत अवस्थामा छन् भने एउटा बन्दुकको बट र नाल छुट्टिएको अवस्थामा फेला परेको छ।
बरामद बन्दुकलाई रीतपूर्वक नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रग्दामा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३ १९:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

