Harsamaya
१५ वर्ष कैद र पाँच लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - लागूऔषध (खैरो हेरोइन) मुद्दामा १५ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना सजाय तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले असाव मियाँलाई काठमाडौँको डल्लुबाट पक्राउ गरेको हो । ब्युरोका अनुसार पर्साको साविक वीरगञ्ज उपमहानगरपालिका–१८ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१५ बस्दै आएका ३९ वर्षीय मियाँलाई विशेष सूचनाका आधारमा मङ्सिर ९ गते पक्राउ गरिएको हो ।

मियाँ २०६९ वैशाख ५ गते पर्साको वीरगञ्ज उपमहानगरपालिकाबाट खैरो हेरोइनसहित पक्राउ परेका थिए । उनीविरुद्ध नेपाल सरकारले दायर गरेको लागूऔषध मुद्दामा सर्वोच्च अदालतले २०८० फागुन २२ गते फैसला गर्दै १५ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो ।

अदालतको फैसला कार्यान्वयन नभई फरार रहेका मियाँलाई घटना भएको करिब १५ वर्षपछि पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

पक्राउ परेका मियाँलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको केन्द्रीय अनुसन्धान ब्युरोले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update