४.८ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
काठमाडौं - थाइल्यान्डबाट मलेसिया हुँदै नेपाल आएका एक भारतीय नागरिक ४ किलो ८०० ग्राम गाँजासहित पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्युरोका अनुसार मङ्सिर ८ गते हवाईमार्ग हुँदै नेपाल प्रवेश गर्ने सशंकित यात्रुको निगरानी गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
ब्युरोको टोलीले बाटिक एयरको उडान नम्बर ओडी १८२ मार्फत मलेसियाको क्वालालम्पुर हुँदै नेपाल आएका भारतको केरलाका २९ वर्षीय अब्दुल नौशादलाई ४ किलो ८०० ग्राम गाँजासहित नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेका नौशादको साथबाट गाँजासहित एक थान राहदानी र एक थान मोबाइल बरामद भएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३ १४:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

