Harsamaya
अखाद्य पदार्थ मिसाएर मह उत्पादन गर्ने लक्ष्मण पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - अखाद्य पदार्थ मिसाएर मह उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मङ्सिर ८ गते दिउँसो करिब १ बजे काठमाडौँको टोखा नगरपालिका–१ भण्डारे क्षेत्रमा महमा अखाद्य पदार्थ मिसावट गरी उत्पादन तथा बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो ।

सो क्रममा धादिङको सिद्धलेक गाउँपालिका–२ घर भई काठमाडौँको टोखा बस्ने ४४ वर्षीय लक्ष्मण गुरुङलाई अखाद्य पदार्थ मिसावट गरिएको भनिएको १५ बाल्टिन अर्थात् ३८४ किलो महसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गुरुङमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update