Harsamaya
खैरो हेरोइन र नगदसहित प्रकाश पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

सुनसरी - सुनसरीको धरान उपमहानगरपालिकाबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ र नगदसहित एक जना पक्राउ परेका छन् ।

धरान उपमहानगरपालिका–११ कुबिर्ता चोकस्थित एक घरबाट ३१ ग्राम ७९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ र ५२ हजार ४०० रुपैयाँ नगदसहित ४८ वर्षीय प्रकाश तामाङ पक्राउ परेका हुन् ।

मंसिर ८ गते दिउँसो करिब ४ः३० बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले तामाङको घरमा खानतलासी गरेको थियो । सो क्रममा घरको कोठाभित्र लुकाइराखेको अवस्थामा उक्त पदार्थ र नगद फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले बरामद पदार्थ र नगदसहित तामाङलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखेको छ ।

पक्राउ परेका तामाङमाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update