Harsamaya
ट्राफिक प्रहरीले गर्यो ८१७ जनालाई कारबाही
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८१७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५७, सिसिटिभिमार्फत ३३, रातोबत्तीमा ३५ जना चालकलाई कारबाही गरिएको छ । 

यसैगरी, तीव्रगतिमा ९६, हर्न निषेधमा ९, अवस्था ठिक नभएको १७ र अन्यमा ५४६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३  ०७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update