ओडारमा लुकाइएका ८ नाल भरुवा बन्दुक बरामद
सल्यान - सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१० भवटीस्थित सामुदायिक वनको ओडारमा लुकाइछिपाई राखिएको अवस्थामा ८ नाल भरुवा बन्दुक बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले मङ्सिर ८ गते दिउँसो करिब १ बजे सामुदायिक वनको ओडारमा लुकाएर राखिएका बन्दुक फेला पारेको हो ।
प्रहरीका अनुसार बरामद गरिएका ८ नाल बन्दुकमध्ये ७ नाल साबुत र १ नाल बेसाबुत अवस्थामा रहेका छन् ।
बरामद गरिएका सबै बन्दुक आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी चौकी बनगाड, सल्यानमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सामुदायिक वनको ओडारमा कसले र के प्रयोजनका लागि बन्दुक लुकाएर राखेको थियो भन्ने विषयमा भने उपलब्ध विवरणमा खुलाइएको छैन ।
प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३ १७:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

