खैरो हेरोइनसहित नुवाकोटका २२ वर्षीय युवक पक्राउ
काठमाडौं - लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित काठमाडौँबाट नुवाकोटका एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका–२ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–५ धितालथोक बस्दै आएका २२ वर्षीय धिरज तामाङ रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मङ्सिर ७ गते दिउँसो करिब ३ः१५ बजे तारकेश्वर नगरपालिका–५ लोलाङस्थित धितालथोक क्षेत्रमा लागूऔषध बेचबिखन भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरीले उक्त स्थानमा पुगेर जाँच गर्ने क्रममा तामाङको साथबाट प्लास्टिकसहित १७ ग्राम ६७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला पारेको थियो।
बरामद लागूऔषधसहित तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३ १२:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

