२२ लाखभन्दा बढीका अवैध सामान र तीनवटा गाडी बरामद
वीरगन्ज - पर्सा प्रहरीले भन्सार छली चोरीपैठारी गरी ल्याइएका २२ लाख दुई हजार ७०० रुपैयाँ बराबरका मालसामानसहित तीन वटा गाडी बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगन्ज महानगरपालिका–१० स्थित रानीघाटबाट भारतबाट भन्सार छली गरी ल्याइएका चार लाख २३ हजार ५०० रुपैयाँ बराबरका सामान बरामद गरिएको हो ।
त्यसैगरी, तीनवटा गाडीमा भन्सार छली ल्याउँदै गरेको १७ लाख ७९ हजार २०० रुपैयाँ बराबरका कपडालगायतका सामानसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले बरामद गरेका तीनवटा गाडी र सामान आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३ ०८:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

