Harsamaya
नदीमा हामफालेका पुरुष बेपत्ता
तिनाउ नदी ।

रूपन्देही - रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ देवीनगर र बुद्धनगर जोड्ने तिनाउ नदीको पुलबाट बिहीबार साँझ एक पुरुष नदीमा हामफालेर बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार अन्दाजी ३५ वर्षीय ती पुरुष साँझको समयमा पुलबाट नदीमा हामफालेका हुन् । नदीमा हामफालेपछि उनी बेपत्ता भएका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) निशान्त श्रीवास्तवले नदीमा हामफालेर बेपत्ता भएका पुरुषको खोजी भइरहेको जानकारी दिए । उनका अनुसार बेपत्ता पुरुषको पहिचान हालसम्म खुल्न सकेको छैन ।

बेपत्ता भएका पुरुषको खोजीका लागि प्रहरी परिचालित भइसकेको छ । प्रहरीले खोजीसँगै घटनाबारे थप विवरण सङ्कलन गरिरहेको जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update