Harsamaya
नाबालिग छात्रालाई बाल यौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

रामेछाप - नाबालिग छात्रालाई बाल यौन दुरुपयोग गरेको आरोपमा रामेछापमा एक शिक्षक पक्राउ परेका छन्।

विद्यालयमा अध्यापन गराउँदै आएका ४८ वर्षीय नवीन भनिने नवराज भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला झापा गौरादह नगरपालिका–८ स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका–५ बस्दै आएका भण्डारीले १३ वर्षीया नाबालिग छात्रालाई परीक्षा पास गराइदिन्छु भन्दै ललाई–फकाई संवेदनशील अंगमा छुने तथा चिमोट्ने गरेको आरोप छ।

प्रहरीका अनुसार उनले फेसबुक मेसेन्जरमा अश्लील फोटो तथा भिडियो पठाई यौनजन्य क्रियाकलापसमेत गर्ने गरेको आरोपमा भण्डारीलाई असोज १४ गते पक्राउ गरिएको हो।

पक्राउ परेका भण्डारीलाई रामेछाप जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३  २२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update