Harsamaya
 ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५९, सिसिटिभिमार्फत ५६, रातोबत्तीमा ५० जना चालकलाई कारबाही गरिएको छ । 

यसैगरी, तीव्रगतिमा १००, हर्न निषेधमा १३, लेन क्रसमा ०, अवस्था ठिक नभएको ३६, एकतर्फीमा ६ र अन्यमा ५२१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३  ०७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update