Harsamaya
पैदलयात्री कुटपिट गर्ने पक्राउ
प्रतिकात्मक तस्विर: हर समय/Har Samaya

काठमाडौं - सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोका आधारमा पैदलयात्रीमाथि कुटपिट गरेको आरोपमा एक जना कार चालक पक्राउ परेका छन्। घटना काठमाडौंको चप्पल कारखाना क्षेत्रको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भिडियो भाइरल भएपछि चालक पारस बमलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। भिडियोमा चालक गाडी रोकेर बाहिर निस्कँदै पैदलयात्रीलाई मुक्का प्रहार गरेको देखिन्छ।

प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ। प्रारम्भिक विवरणअनुसार सडक विवादका क्रममा हातपात भएको आशंका गरिएको छ। चालकविरुद्ध प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जानकारी दिएको छ।
 

प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update