Harsamaya
तीन किलो चाँदीसहित एक जना पक्राउ
प्रहरीले भेटेको चाँदी ।

काठमाडौं - चन्द्रागिरी नगरपालिका– २ नागढुङ्गास्थित ‘चेक प्वाइन्ट’बाट १२ लाखको चाँदीसहित एक जना पक्राउ परेका छन् । 

वीरगञ्जबाट काठमाडौँ आइरहेको यात्रीवाहक बसमा शंका लागेर पर्साको फेटा गाउँपालिका–६ का आसु साबको झोला जाँच गर्दा  गैरकानुनी रूपमा ल्याइएको करिब तीन किलो चाँदीका दाना फेला परेका नागढुङ्गास्थित प्रहरी प्रभागले जनाएको छ ।   

चाँदीसहित अभियुक्तलाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमसक्ष पेस गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले बताए । 

प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update