बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सकियो (फोटो फिचर)
बिहीबार, फागुन १, २०८१
उनले भने, ‘पाइप फुटेपछि खानेपानी मन्त्रीको निर्देशन पश्चात् गएरातिदेखि मर्मतको सुरु गरिएको हो । करिब २० घण्टापछि मर्मत सकिएको छ । अहिले पानी परीक्षण गर्न थालिएकाले परिक्षण सम्पन्न हुनासाथ पानी वितरण प्रक्रिया सुरु गर्नेछौँ ।’

मकुनाको हत्या गरेको भन्दै काठमाडौं प्रदर्शन
बिहीबार, फागुन १, २०८१
उनले दोषीलाई कारबाही नभएसम्म निरन्तर दबाबका कार्यक्रम आयोजना गर्ने उल्लेख गरिन् । चितवन राष्ट्रिय निकुञ्जले भने सुरक्षा टोलीलाई आक्रमण गर्न आएपनि आत्मरक्षाका लागि गोली चलाउनुपरेको बताउँदै आएको छ ।

त्रिवि मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको फ्लडलाइट र प्यारापिट बनाउन बोलपत्र स्वीकृत
बिहीबार, फागुन १, २०८१
प्रधानमन्त्री केपी ओलीले आफूले पदभार ग्रहणपछि तीन सय दिनभित्र त्रिवि मैदानको स्तरोन्नति निर्देशन दिएका थिए । यो मैदान पहिला त्रिभुवन विश्वविद्यालय मातहत नै थियो । कानुनी अड्चनबीच काम नहुँदा सरकारले नै सहरी विकास मन्त्रालयलाई जिम्मेवारी दिएर काम बढाएको हो ।

देवघाट महामहोत्सव सकियो
बिहीबार, फागुन १, २०८१
विश्व जागरण महाअभियान ट्रष्टका संरक्षक भागवत् कथा वाचक इश्वरकृष्ण महाराजले भक्तजनको माया, स्नेह र सहयोगले महामहोत्सव एक महिनासम्म सञ्चालन गर्न सहयोग र हौसला मिलेको बताए । महामहोत्सवबाट संकलित रकम मातापिता सेवा आश्रम र देवघाट दिव्यधाम निर्माणका लागि खर्च गरिने उनले जानकारी दिए ।

शंखरापुर दुर्घटनाः २७ जना ‘डिस्चार्ज’, चालक नियन्त्रणमा
बिहीबार, फागुन १, २०८१
दुर्घटनामा गम्भीर घाइते भएका क्रिस्चलको शिक्षण अस्पताल महाराजगञ्जमा, सुरेशको नेपाल मेडिकल कलेजमा र शुसांकको शङ्खरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

आज सुनको भाउ २३ सय रुपैयाँले बढ्यो
बिहीबार, फागुन १, २०८१
बिहीबार चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै चाँदी १९ सय ६५ रुपैयाँमा कायम भएको छ। हिजो चाँदी प्रतितोला १ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो।

इन्द्रावती -७ मा ‘जनयुद्ध दिवस’मनाउन सार्वजनिक बिदा
बिहीबार, फागुन १, २०८१
गाउँपालिकाले बिदा नदिएपनि वडाध्यक्ष रविन्द्र कुमार खातीले वडाको निर्णय भन्दै बिदा दिएका हुन् । अहिलेको लोकतन्त्रको जग जनयुद्ध भएकाले बिदा दिइएको उनले बताए । तर कानुनत वडाले सार्वजनिक बिदा दिन भने मिल्दैन । गाउँपालिका वा नगरपालिकालाई भने स्थानीय आवश्यकताअनुसार बिदा दिन सक्ने अधिकार छ ।

रेडक्रस खोटाङको सभापतिमा जोशी
बिहीबार, फागुन १, २०८१
१२ औँ जिल्ला अधिवेशनअन्तर्गत बुधबार साँझ भएको निर्वाचनमा जोशीले ८१ मत ल्याएर विजयी हुँदा बस्नेतले ४० मत प्राप्त गरेका छन्। यस्तै, महिला उपसभापतिमा डिल्लीकुमारी आचार्य र खुला उपसभापतिमा भद्रबहादुर बस्नेत विजयी भएका छन्। आचार्यले ७० मत तथा बस्नेतले ४५ प्राप्त गरेका छन्।

आजको मौसमः तीन प्रदेशकाे माैसम बदली रहने
बिहीबार, फागुन १, २०८१
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही भू-भागमा हुस्सु कुहिरो लागेको छ।

छोरीको शव ल्याउन विगत १० महिनादेखि भौँतारिरहेकी ७० वर्षीया आमा
बिहीबार, फागुन १, २०८१
रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँखाबाट आँसु रोकिएको छैन । गत वैशाख २६ गते मातातीर्थ औँसीको दिन आमाको मुख हेर्ने भन्दै मलेसियाबाट छोरी तिलमाया सार्कीले गरेको फोन नै अन्तिम फोन थियो ।

आजको राशिफल
बिहीबार, फागुन १, २०८१
वृष : आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ।

२४ घण्टामा आगलागीबाट तीन जनाको मृत्यु
बुधबार, माघ ३०, २०८१
डढेलोसमेत सुरु भएकाले सचेत हुन प्राधिकरणले सबैमा अनुरोध गरेको छ । पछिल्लो २४ घण्टामा सोलुखुम्बू, दाङ र गुल्मी, मोरङ, भोजपुर, सिरहा, रौतहट पर्सा, मकवानपुर, कास्की बाँके पाल्पा, सुर्खेत, सल्यान, कैलाली, म्याग्दी रुकुमपूर्व र मुगुमा आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ ।

सत्यसाई स्कूलको बस शंखरापुरमा दुर्घटना, तीन जनाको मृत्यु
बुधबार, माघ ३०, २०८१
बुधबार अपराह्न ४:५० बजे काठमाडौं शंखरापुर नगरपालिका-५ कात्तिकेस्थित साँखु-नगरकोट सडक खण्डमा बा२ख ७९५८ नम्बरको स्कूल बस ब्रेक फेल भएर दुरंघटनामा परेको बोहराले बताए।
साताको लोकप्रिय