Harsamaya
नेपालले आफ्नो भूमि दाबी गर्दै आएको लिपुलेकबाट भारत–चीन व्यापार सुरु, पहिलो भारतीय टोली तिब्बत पुग्यो
नेपाली भुमि लिपुलेकबाट भारत र चीनले व्यापारिक गतिविधि सुरू ।

काठमाडौं - नेपाली भुमि लिपुलेकबाट भारत र चीनले व्यापारिक गतिविधि सुरूवात गरेका छन् । गत १ अगस्तबाट नेपाली भुमीबाट लिपुलेकबाट छिमेकी मुलुकहरू भारत र चीनले व्यापारिक गतिविधि सुरू गरेका हुन् । 

भारतीय तिब्बत व्यापार संघकी अध्यक्ष जीवनसिंह रक्लीको नेतृत्वमा पहिलो पटक भारतीय व्यापारिक टोली तक्लाकोट मण्डी, तिब्बत पुगेका छन, जहाँ आवाश्यक व्यापारिक काम उनीहरूले गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन । भारतीय मिडियाले दिएको जानकारी अनुसार २० पञ्जिकृत व्यापारी र ४ भरियासहित २० जनाको पहिलो भारतीय व्यापारिक टोली चीनको स्वशाषित क्षेत्र तक्लाकोट पुगेका थिए । उनीहरू सो दिन तक्लाकोटमा रात बिताएर भोलिपल्ट मात्रै भारत फर्केका थिए । 

यो पटक ताक्लाकोटमा परम्परागत व्यापार गरिरहेका भारतीयलाई मात्रै चीनले पहिलो पटक व्यापारको अनुमति दिइएको थियो । तर, भारतबाट भने कुनै व्यापारिक समान भने चीन स्वशाषित क्षेत्र तिब्बतमा लगेका थिएनन् । उनीहरूले तिब्बतबाट के समान ल्याएका थिए, सो बारेमा भने कुनै जानकारी दिएका छैनन् ।  

भारतीय मिडियाका अनुसार धार्चुला उप जिल्ला अधिकारी शिष जोशीले बताए अनुसार गुञ्जी नाका रहेको अध्यागमन विभागमा सबै प्रकिया पुरा गरेर भारतीय व्यापारीको पहिलो टोली चीन प्रशाषित तिब्बत भुमिमा पुगेका हुन । ३१ जुलाईमा भारतको अध्यागमन विभाग, गुञ्जीमा आवाश्यक प्रकिया पुरा गरे पछि १ अगस्तमा पहिलो भारतीय व्यापारिक टोली चीन, तिब्बत प्रवेश गरेको उनले जानकारी दिए ।   

र, अर्को व्यापारिक टोली कहिले जानेछ रु भन्ने बारेमा अझै जानकारी दिइएको छैन्। भारतीय सिमा अधिकृतका अनुसार अर्को टोलीका चीन प्रवेश गर्ने बारेमा चिनियाँ अध्यागमनका अधिकृतहरूसँग कुराकानी  र समन्वय भइरहेको उनले जानकारी दिए । 

तर, यसबारेमा नेपालले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । नेपाल सरकारले सो भूमी नेपालको भएको भन्दै भारत र चीनलाई ‘कुटनीतिक नोट’ पठाएको जानकारी परराष्ट्र मन्त्रालयले जानकारी दिए पनि भारत र चीनले भने नेपालको सो दावी अस्वकार गर्दै नेपाल भुमि, लिपुलेकबाट पहिलो पटक व्यापारिक गतिविधि बढाएको हो ।

प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३  १०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update