तराई र उपत्यकामा बिहान हुस्सु-कुहिरो लाग्ने
काठमाडौं - नेपालमा अहिले कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूका धेरै स्थानमा तुवाँलो/हुस्सु लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो कोशी र मधेश प्रदेशमा आंशिक बदली रहनेछ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
राति पनि कोशी र मधेश प्रदेशमा आंशिक बदली रहने तथा अन्य भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ४, २०८३ ०६:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

