Harsamaya
धादिङको रुबीभ्यालीमा जीप दुर्घटना,  एकको मृत्यु, उद्धारमा कठिनाई
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

धादिङ - धादिङको उत्तरी क्षेत्रमा पर्ने रुबीभ्याली गाउँपालिका—४ बोराङस्थिय बतासे फेदीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । 

बतासे दोभानमा एकादसी मेलाको पूजा गरेर लापातर्फ फर्किने क्रममा दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको हो । 

रुबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिं तामाङका अनुसार दुर्घटनामा सात जना घाइते भएका छन् । २ जनाको अवस्था गम्भीर छ । 

घटनास्थल दुर्गम गाउँमा पर्ने र वरपर मोबाइल नेटवर्क समेत नचल्ने भएकाले उद्दारमा पनि कठिनाइ भएको छ ।

राती करिब २ बजे अगाडि नै दुर्घटना भएपनि घाइतेलाई स्वास्थ्य संस्थासम्म पुर्याउन समस्या परेकोले नेपाली सेनाको हेलिकप्टर मार्फत उद्दारको प्रयास भइरहेको अध्यक्ष तामाङले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ४, २०८३  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update