Harsamaya
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९३९ जनालाई कारबाही
सवारीसाधनका चालकलाई कारबाही । 

काठमाडौं - ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९३९ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४१, सिसिटिभिमार्फत ४३, रातोबत्तीमा ५३ जना चालकलाई कारबाही गरिएको छ । 

यसैगरी, तीव्रगतिमा ८७, हर्न निषेधमा १८, लेन क्रसमा ३४, अवस्था ठिक नभएको २८, एकतर्फीमा २८ र अन्यमा ६०७ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३  ०६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update