स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते
महोत्तरी - गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकमा मंगलबार बिहान स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।
मंगलबार इमली बजारबाट गौशालातर्फ जाँदै गरेको बा १ क ६१२९ नम्बरको मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बस अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा गौशाला नगरपालिका–५ निवासी करिब ४० वर्षीय चालक विजय भुजेलसहित ६ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था मध्यम रहेको छ भने अन्य पाँच जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूको उपचारका लागि बिके अस्पताल गौशाला र स्थानीय मेडिकलमा पठाइएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३ ११:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

