भैँसीसहित खोला तर्ने क्रममा म्याग्दीमा ३५ वर्षीय पुरुष बेपत्ता
गण्डकी - म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा एक पुरुष बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार रघुगङ्गा गाउँपालिका–८ चौरखानीका ३५ वर्षीय भीमबहादुर घर्ती भैँसी किनेर फर्किने क्रममा खोलाले बगाएका हुन्। भैँसीसहित खोला तर्ने प्रयास गर्दा उनी खोलामा बगेको प्रहरीले जनाएको छ।
स्थानीयवासीले घटनाबारे जानकारी दिएपछि सोमबार साँझदेखि नै प्रहरी र स्थानीयको टोलीले खोजी थालेको थियो। तर, अहिलेसम्म घर्तीको अवस्था पत्ता लाग्न सकेको छैन।
प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार मंगलबार बिहानदेखि पुनः खोजी तथा उद्धार कार्य जारी छ।
प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३ ०८:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

