Harsamaya
कप्तानगञ्ज घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो, घाइते रविन्द्र मेहताको पनि निधन
२२ वर्षीय रविन्द्र मेहता ।

काठमाडौं - सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा घाइते भएका अर्का एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। यससँगै उक्त घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार कप्तानगञ्जका २२ वर्षीय रविन्द्र मेहताको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारकै क्रममा मंगलबार मृत्यु भएको हो।

हिन्दु र मुस्लिम समुदायबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर यसअघि कप्तानगञ्जकै ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भएको थियो।

यस्तै, घटनाकै क्रममा प्रहरीको गोली लागेर सिराहाका अर्का एक युवाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

कप्तानगञ्जमा भएको घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update