प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम
शुक्रबार, असार ६, २०८२
हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम गर्ने प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
यी पाँच प्रदेशमा हुँदैछ भारी वर्षा
शुक्रबार, असार ६, २०८२
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
सिंहको प्रियसीसँग कुराकानी हुने, मकरको मन चंगा हुने
शुक्रबार, असार ६, २०८२
मीन
रिजल्टको प्रतीक्षामा हुनुहुन्छ भने आशाअनुरूप परिणाम प्राप्त हुनेछ । आशावादी बनेर लक्ष्यप्रति केन्द्रित भएमा हाँके/ताकेका काम पूरा गर्न सजिलो हुनेछ । लगनशीलता र मिहिनेतको पुरस्कार हात पार्ने तथा आत्मविश्वास र सुदृढ लक्ष्यका कारण सफलतातर्फ अग्रसर भइने सुन्दर समय छ । रचनात्मक र सिर्जनात्मक सोचका कारण कार्यक्षेत्रमा अद्भूत परिणाम प्राप्त...
१३ वर्षीया नेपाली किशोरीको सीमाबाट उद्धार
बिहीबार, असार ५, २०८२
किशोरीलाई विभिन्न प्रलोभन देखाएर भारततर्फ लैजादै गरेको अवस्थामा सीमा क्षेत्रबाट उद्धार गर्न सफल भएको भारतीय सुरक्षा निकायले उल्लेख गरिएको छ । काठमाडौंबाट किशोरीलाई राम्रो जागिर तथा विहे गर्ने प्रलोभन देखाएर लैजादैं गरेको अवस्थामा उद्धार गरिएको भारतीय सुरक्षा अधिकारीहरूले बताएका छन ।
दैलेखको जलजलेमा मिथेन ग्यासको भण्डार फेला
बिहीबार, असार ५, २०८२
२०७८ साल वैशाख २८ बाट सुरु भएको अन्वेषण कार्य नेपाल–चीनबीच २०१९ मा भएको समझदारीपछि सुरु गरिएको हो। पेट्रोलियम अन्वेषण आयोजना प्रमुख दिनेशकुमार नापितका अनुसार यो नेपालमा अहिलेसम्मकै सबैभन्दा वैज्ञानिक र गहिरो ड्रिलिङ्ग हो।
बौद्धमा दुई संस्थाबीच विवाद, गुठीको शौचालय भत्काइएपछि प्रहरीमा उजुरी
बिहीबार, असार ५, २०८२
विशुद्ध धार्मिक स्थलभित्र व्यक्तिवादी सोच, चिन्तन र हस्तक्षेपकारी भूमिका खेल्दै नकारात्मक सन्देश दिन खोजिएको आरोप लाग्दै आए पनि श्री बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले गुठीको कामकारबाहीलाई असहज बनाउन लागेको गम्भीर आरोप लागेको छ ।
‘दुर्गम जिल्लाहरूमा नौ रुपैयाँमा नै नुन वितरण भइरहेको छ’ [भिडियो]
बिहीबार, असार ५, २०८२
उनले नुनको गुणस्तर परीक्षणका लागि भारत सरकारबाट तोकिएको मापदण्डमा प्रयोगशालाबाट परीक्षण गरी बिक्री वितरण गर्ने गरिएको बताइन् । आजको बैठकमा नेपालमा आयोडिन भएको गुणस्तरयुक्त नुनको सहज, सुलभ आपूर्ति तथा वितरणका सम्बन्धमा छलफल गरिएको छ ।
मोबाइल चार्ज गर्दा करेन्ट लागेर गर्भवतीको मृत्यु
बिहीबार, असार ५, २०८२
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको तथा घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
उखु किसानलाई दिँदै आएको अनुदान रोक्ने सरकारको निर्णयप्रति कोइरालाको असन्तुष्टि
बिहीबार, असार ५, २०८२
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले उखु किसानलाई दुई दशक अघि देखि दिइँदै आएको अनुदान विना कारण रोकिनु आपत्तिजनक भएको बताएका छन् ।
पत्रकारिता र अभिव्यक्तिलाई अपराधीकरण गर्न नहुने महासंघको निष्कर्ष
बिहीबार, असार ५, २०८२
उनले नेपालमा मात्रै नभएर, संसारभरि नै सामाजिक सञ्जाल र भिडियो प्लेटफर्महरू नै सूचना र समाचारको प्रमुख स्रोतका रुपमा उदाइरहेको बताए । राज्य र मिडिया दुवैको पहलबाट मात्रै प्रभावकारी नियमन सम्भव हुने भन्दै उनले मिडिया आफ्ना कार्यका लागि जिम्मेवार र उत्तरदायी हुनुपर्ने बताए।
स्थापित बाम नेता साह माओवादी केन्द्रमा प्रवेश
बिहीबार, असार ५, २०८२
राजनीतिक रूपमा स्थिर र अनुभवसञ्चित नेताका रूपमा चिनिएका साह हालसम्म नेकपा (एमाले) को राष्ट्रिय सल्लाहकार परिषद सदस्यको रूपमा क्रियाशील थिए । पार्टी नेतृत्व केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले माओवादी केन्द्र रोजेको बताइएको छ ।
वडा अध्यक्षमाथि भएको आक्रमणप्रति हेटौंडा उपमहानगरपालिको गम्भीर ध्यानाकर्षण
बिहीबार, असार ५, २०८२
नगर प्रमुख मिना लामाले जनप्रतिनिधिमाथिको आक्रमणले उनीहरूको मनोबल गिराउने भन्दै घटनाको छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाहीको माग गरिन् । उनले यस्ता लुकिछिपी गरिने आक्रमणहरूलाई राजनीतिक गतिविधि नभई अराजक क्रियाकलापको संज्ञा दिइन् ।
नेपाल स्काउटमा भएको अनियमितताबारे छानबिन समितिको प्रतिवेदन सार्वजनिक, मन्त्रालयको दबाबमा प्रतिवेदन बुझाइएको दाबी
बिहीबार, असार ५, २०८२
संयोजक अधिकारीले मन्त्रालयकै दबाबमा समितिले छानबिनको म्याद १५ दिनमै टुङ्ग्याउनुपर्ने अवस्था सिर्जना गरेको बताएका छन् । साथै स्काउटको तर्फबाट आवश्यक कागजात नदिई समितिको अधिकारक्षेत्रमा नपर्ने भनेर पत्राचारसमेत गरिएको उनले बताए।
साताको लोकप्रिय

