हाँडी जातिलाई माझीको पहिचान दिन माग

काठमाडौं - प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले संविधानले सबै जातजाती भाषा र धर्मलाई समान हैसियत प्रदान गरेको भएतापनि व्यवहारमा लागू नभएको भन्दै आपत्ति जनाएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मोरङ पूर्वको सुनसरी, मोरङ र झापामा रहेका पाँच लाख हाँडी जातिलाई माझीको पहिचान दिन माग गरे ।
उनले भने,‘संविधानले सबै जातजाति भाषा र धर्मलाई समान हैसियत प्रदान गरेको छ । तर व्यवहारमा रुखो छ । मोरङ, सुनसरी र झापामा पाँच लाखभन्दा बढी जनसंख्या भएको हाँडी जातीले पीडा भोगिरहेका छन् । यो जातिले थर माझी लेख्छन् । तर नेपालमा माझी लेख्ने अरू धेरै जाती पनि छन् । त्यसकारण संविधानले व्यवस्था गरेअनुसार हाँडी जातीको माझी भनेर पहिचान होस् भनी जोडदार माग गर्दछु ।’
प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२ १४:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय