Harsamaya

काठमाडौं - नेपालीहरुको महानपर्व बडा दशैं आजबाट समापन हुँदैछ । गत असोज २५ गते घटस्थापना गरेर सुरु भएको बडा दशैं कोजाग्रत पूर्णिमासँगै समापन हुन लागेको हो । 

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज देशभर मनाइँदै छ । हिन्दू धर्मावलम्बीहरूले विशेष धार्मिक महत्वका साथ मनाउने कोजाग्रत पूर्णिमासँगै नेपालीहरूको महान् चाड बडादसैँ औपचारिक रूपमा समापन हुने गर्दछ ।

बडादशैंको अन्तिम दिनका रूपमा मनाइने यस पर्वमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने धार्मिक परम्परा रहेको छ । माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्ष अर्थात बडा दशैंलाई बिदा गर्ने चलन रहेको छ । 

दसैँको टीका र जमरा लगाउने क्रम समाप्त भएसँगै कोजाग्रत पूर्णिमापछि दसैँको औपचारिक समापन हुने मानिन्छ । बडा दशैं समापन भएसँगै टिका ग्रहण कार्य पनि रोकिनेछ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ८, २०८३  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update