माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
मंगलबार, भदौ ३, २०८२
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, स्थायी समिति बैठकका निर्णयको कार्यान्वयन, कार्य सम्पादन सम्बन्धी, मेला सम्मेलन र आन्तरिक विषयमा छलफल हुने उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्नि प्रसाद सापकोटाले नेपाल न्यूज बैंकलाई जानकारी दिए ।
कांग्रेस सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालयमा बोलाईयो, उपसभामुखविरुद्ध महाअभियोगको तयारी
मंगलबार, भदौ ३, २०८२
उनले बैठकको विषय नखुलाइए पनि उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग लगाउन हस्ताक्षरका लागि सांसदहरूलाई बोलाएको हुन सक्ने बताएकी छन् । सांसदहरूलाई १२ बजेभित्र दलको कार्यालयमा उपस्थित भइसक्नुपर्ने गरी बोलाइएको छ ।
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
मंगलबार, भदौ ३, २०८२
अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
मंगलबार, भदौ ३, २०८२
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभासमक्ष पेस गर्नेछन् ।
जनताप्रतिको कमजोर जवाफदेहिताले गम्भीर नागरिक निराशा उत्पन्न भयो : पूर्वराष्ट्रपति भण्डारी
सोमबार, भदौ २, २०८२
‘राज्यप्रतिको विश्वास दिनदिनै कमजोर हुँदै गएको छ र असन्तोष क्रमशः बढ्दो छ,’ उनले भनिन्,‘ जबसम्म सुशासनलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न सक्दैनौँ, तबसम्म विकास, न्याय र समानताको जनअपेक्षा पूरा हुने सम्भावना न्यून रहन्छ।’
जसपा नेपालद्वारा जनकपुरधाममा प्रदर्शन
सोमबार, भदौ २, २०८२
सर्वोच्च अदालतले आज गौर हत्याकाण्डको छानबिन गर्न परमादेश जारी गरेकोमा सरकारले उपेन्द्र यादव माथि भूमि अध्यादेशको विपक्षमा उभिएकाले उनलाई फसाउन खोजेको आरोप लगाएका छन्।
कानुनमा नभएका शिक्षाका विषय नियमावलीमा व्यवस्थापन गरौं : पन्त
सोमबार, भदौ २, २०८२
त्यस्तै उनले कानुन बनाउँदै गर्दा व्यवहारमा लागू हुनसक्ने सम्भावना कति छ त्यसलाई हेर्नुपर्ने बताए । सरकारको दायित्व अनिवार्य निःशुल्क छात्रवृत्ति कार्यान्वयन गर्ने रहेको बताउँदै उनले सरकार त्यो कार्यान्वयन गर्न प्रतिबद्ध रहेको पनि बताए ।
खेल क्षेत्रको विकास गर्न पार्टीको निर्देशन कुरेर नबस्नुस् : उपसभापति गुरुङ
सोमबार, भदौ २, २०८२
नेपाली राजनीतिमा अनुशासन हराउँदै गएको उल्लेख गर्दै अनुशासनको क्षेत्रमा अब्बल मानिएको खेल क्षेत्र बाट नेपाली राजनीतिले अनुशासन सिक्नुपर्ने धारणा राख्नुभयो ।
आगामी निर्वाचनमा बहुमत ल्याउने गरि अघि बढ्न कांग्रेस सभापति देउवाको निर्देशन
सोमबार, भदौ २, २०८२
उनले कांग्रेसमाथि लगाइएका अनावश्यक आरोपहरुका बारेमा जनतालाई बुझाउनुपर्ने र कांग्रेसभित्रका कमजोरीलाई सुधार गर्नुपर्ने उल्लेख गरे ।
६–७ हजार बचतकर्ताको बचत भुक्तानी भइसक्यो : मन्त्री अधिकारी (भिडियोसहित)
सोमबार, भदौ २, २०८२
मन्त्री अधिकारीले सहकारीको समस्या समाधानलाई सरकारको प्राथमिकतामा राखिएको भन्दै बचतकर्ताले चाँडै राहत पाउने विश्वास दिलाए ।
सबै तहका कर्मचारीहरुलाई न्याय हुने खालको विधेयक आउँछ : मन्त्री न्यौपाने (भिडियोसहित)
सोमबार, भदौ २, २०८२
यस्तै, उनले निजामती सेवामा समर्पित कर्मचारीहरुको सरुवा, बढुवा, वृद्धि विकासलाई समय अनुसार ध्यान दिनुपर्ने आवश्यकता रहेको भन्दै यी सबै विषयलाई प्राथमिकतामा राखेको बताइन् ।
राष्ट्रपति एउटा पद भएकाले पदावधी सकेपछि राजनीतिमा फर्कन मिल्छ - पूर्वराष्ट्रपति भण्डारी
सोमबार, भदौ २, २०८२
गणतन्त्र र राजतन्त्रमा फरक–फरक संवैधानिक व्यवस्था हुने र राजा भनेको व्यक्ति भएको तर राष्ट्रपति भनेको पद भएकाले राजनीतिमा फर्कन कुनै बाधा नभएको उनको भनाइ छ ।
मन्त्रालयहरुमा अनावश्यक रुपमा ढिलासुस्ती बढ्न थाल्यो : मन्त्री सिंह (भिडियोसहित)
सोमबार, भदौ २, २०८२
उनले काममा ढिला गरेर केही फाइदा नहुने भन्दै आफूले गर्नुपर्ने काम समयमा नै सकाउन पनि सबैलाई आग्रह गरेका छन् ।
साताको लोकप्रिय

