आपराधिक गतिविधिहरूको अनुसन्धान हुन्छ, संलग्नहरु कारबाहीमा आउँछन् : गृहमन्त्री
शनिबार, चैत १६, २०८१
उनले भने, ‘मानिस घाइते भएका छन् उहाँहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । उनीहरूका लागि सरकारले आवश्यक उपचारको व्यवस्था पनि गर्छ र हिजो जुन आपराधिक घटना भएको छ । सञ्चार गृहमाथि आक्रमण गर्ने छानी छानी गणतन्त्रवादी विचार राख्ने राजनीतिक दलका नेताका घर र पार्टी कार्यालयमा आक्रमण गर्ने निजी र सरकारी सम्पत्ति ध्वस्त गरेर जुन चरित्रको प्रदर्शन भयो त्यो आपराधिक चरित्र हो र यसमा कानुन अनुसार अनुसन्धान गरेर कारबाही हुन्छ ।’
शुक्रवारको प्रदर्शन राजनीतिक होइन, आपराधिक कदम हो : गृहमन्त्री
शनिबार, चैत १६, २०८१
सोही क्रममा उनले यो कुनै राजनीतिक दर्शनभन्दा पनि आपराधिक काम भएको भन्दै यसको लागि सरकारले आवश्यक कारबाही गर्ने बताए । सञ्चार गृहलगायत सम्पूर्ण नागरिकको जीवन सुरक्षाका लागि पनि कुनै कसर बाँकी नराख्ने उनको भनाई छ ।
राजावादी समर्थक अधिवक्ता स्वागत नेपालसहित थप तीन जना पक्राउ
शनिबार, चैत १६, २०८१
यसअघि ललितपुरको ग्वार्कोबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका थिए ।
रविन्द्र मिश्र र धवलशमशेर पक्राउ
शनिबार, चैत १६, २०८१
शुक्रबार दिउँसो तीनकुनेमा प्रसाईंको कमाण्डमा भएको हिंसात्मक प्रदर्शनका कारण अवस्था तनावग्रस्त बन्न पुगेको थियो । प्रहरीले बज बिहान सात बजेसम्म कर्फ्यु जारी गरेको छ ।
काँग्रेसले भन्यो - नागरिकमा रहेका असन्तुष्टिको हल वर्तमान संविधान भित्रैबाट सम्भव छ
शुक्रबार, चैत १५, २०८१
आजको हिंसात्मक प्रदर्शनका कारण जीवन गुमाउने प्रति नेपाली कांग्रेस गहिरो श्रद्धाञ्जली व्यक्त गर्दछ । घाइतेहरूको उपचारमा गम्भीरतापूर्वक ध्यान दिन सरकारलाई आग्रह गर्दै, हिंसा भड्काउने र हिंसामा सामेल हुने व्यक्तिहरूलाई कडा कानुनी कारबाहीको दायरामा अविलम्ब ल्याउन पनि काँग्रेसले आग्रह गरेको छ ।
हरेक क्षेत्रमा दादागिरी छ : मेयर आचार्य (भिडियोसहित)
शुक्रबार, चैत १५, २०८१
पोखरा महानगरपालिका मेयर धनराज आचार्यले हरेक ठाउँमा दादागिरी हुने गरेको बताएका छन् ।
कर्फ्युको समयमा सडकमा उत्रिएका प्रदर्शनकारी लखेटिए (भिडियोसहित)
शुक्रबार, चैत १५, २०८१
जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रवार अपरान्ह ४:२५ बजेदेखि राति १० बजेसम्म विभिन्न स्थानमा कर्फ्यु लागू गरेको क्षेत्रमा प्रदर्शन भएको थियो ।
दुर्गा प्रसाईं कारबाहीको दायरमा आउँछन्, क्षतिको जिम्मा राजावादीले लिनुपर्छ : गृह मन्त्रालय (भिडियोसहित)
शुक्रबार, चैत १५, २०८१
शुक्रबार साँझ पत्रकार मन्त्रालयमा सम्मेलन गर्दै सरकारको उक्त आन्दोलनका कमान्डर प्रसाईंलाई कारबाहीको दायरमा ल्याइने जनाए । प्रदर्शनका क्रममा घाइते भएका एक युवकको मृत्यु भएको पनि पत्रकार सम्मेलनमा पुष्टि गरे ।
एमाले मुख्यालयमा सुरक्षा व्यवस्था कडा
शुक्रबार, चैत १५, २०८१
त्यस्तै एमाले निकट प्रेस चौतारीको नव निर्वाचित पदाधिकारी एवम सदस्यहरूको शपथग्रहण कार्यक्रम पनि अन्योलमा परेको छ । प्रधानमन्त्री केपी ओली पुग्ने भनिएको उक्त कार्यक्रम अन्योलमा परेको हो ।
आन्दोलनमा भएका सम्पूर्ण भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ : रवीन्द्र मिश्र
शुक्रबार, चैत १५, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले तीनकुनेमा भएको प्रदर्शनका क्रममा भएका सम्पूर्ण भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।
तोडफोडपछि राजावादीहरूले गरे नेकपा एसको केन्द्रीय कार्यालयमा आगजनी
शुक्रबार, चैत १५, २०८१
प्रदर्शनकारीहरु नेकपा एसको कार्यालयमा प्रवेश गरेर फर्निचरहरु फुटाए, त्यसपछि प्रदर्शनकारीरुले उक्त कार्यालय आगजनी समेत गरेका हुन् ।
मुलुक पछाडि फर्किन सक्दैन्, वंशको शासन ल्याउन असम्भव : अध्यक्ष नेपाल
शुक्रबार, चैत १५, २०८१
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गतिर लग्लान् भनेको त लात्तीले हिर्काएर नर्कमा पठाइदिएछन् भन्दै व्यङ्ग्य गरेका छन् ।
तीनकुनेमा मण्डले अराजकता देखियो, राजावादीहरुले चरित्र देखाए’
शुक्रबार, चैत १५, २०८१
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनकुनेमा अराजकता देखाएर राजावादीहरुको आफ्नो चरित्र देखाएको बताएका छन् ।
साताको लोकप्रिय

