Harsamaya
सरकार डराएर रविलाई नख्खु कारागार सार्यो : दिपक बोहोरा 
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का  केन्द्रीय नेता दिपक बोहोरा ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का  केन्द्रीय नेता दिपक बोहोराले उपनिर्वाचनका कारण रवि लामिछानेलाई सारिएको बताएका छन् । 

शनिबार नख्खु कारागार परिषद्‍मा पत्रकारहरुसँग कुरा गर्दै उनले उपनिर्वाचनका कारण सरकार डराएर अहिले रविलाई नख्खु कारागार सारिएको बताएका हुन् । 

उनले भने, ‘सरकार डरायो, भैरहवा राखेर चुनाव जित्छ जस्तो लागेर हो । उपनिर्वाचनका कारण जस्तो देखिन्छ । किनकी जेठ १७ गते आदेश भएको थियो किन त्यसबेला दिएन,’ नेता बोहोराले थप भने, ‘जतिबेला हामीले रवि लामिछानेलाई सारिनुपर्छ, सुरक्षित ठाउँमा, त्यहाँ अप्ठ्यारो छ भनेका थियौँ । मानव अधिकार आयोगले नै किन भन्नुपर्यो त ?’

उनले रविलाई जुनसुकै कारागार राखेपनि सुरक्षित हुनुपर्ने बताए । ‘नख्खु राख्दा समस्या भएन, सुरक्षा हुनुपर्यो । पछिल्ला कैलालीका कारागारहरुमा जुन घटनाहरु भईरहेका छन् त्यसले के देखाउछ ? रवि दाई जहाँ भए नि सुरक्षित हुनुपर्यो त्यो उनीहरुको जिम्मेवारी हो,’ उनले भने ।
 

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  २०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update