Harsamaya

काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले कर्मचारी सरुवासम्बन्धी मापदण्डको अन्तिम मस्यौदा तयार भइसकेको जानकारी दिएकी छिन् । 

आफूले मन्त्रालयको कार्यभार सम्हालेको एक महिनामा भएका कार्यसम्पादनका बारेमा जानकारी दिन आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री न्यौपानले कर्मचारी सरुवासम्बन्धी मापदण्डका बारेमा धेरै चरण्मा छलफल गरि अन्तिम मस्यौदा तयार पारिएको जानकारी दिएकी हुन् । 

उनले संघीय निजमती ऐन जारी भएपछि सरुवा मापदण्डमा ऐनसंगै सामन्जस्य हुनेगरी आवश्यक सुधार सहित स्वीकृत गरि कार्यान्वयनमा ल्याइने बताए । 

कर्मचारी सरुवाका लागि मन्त्रालयमा धेरै भिड हुने गरेको भन्दै उहाले अब मापदण्डका आधारमा कर्मचारीको सरुवा हुने स्पष्ट पारिन् । उनले संगठन तथा व्यवस्थापन राष्ट्रिय मापदण्ड तर्जुमाका लागि कार्यदल समेत गठन गरिएको उल्लेख गरिन् । 

त्यस्तै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउने व्यवस्थालाई समेत सुधार गर्न खोजिएको उनले बताइन् । 

त्यस्तै मन्त्री न्यौपानेले राष्ट्रिय कितावखानाको प्रणाली सुदृढीकरण गर्दै नागरिक एपमा अन्तरआवद्धता गरिएको, संघीय मामिला प्रशिक्षण प्रतिष्ठानको स्थापनाका लागि आवश्यक कानुनको  प्रारम्भिक मस्यौदा तयार गरिएको पनि जानकारी दिइन् । 

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update