जसपा नेपालद्वारा जनकपुरधाममा प्रदर्शन 
                            
                            
                                                        
                                                    
                                                            
जनकपुर - जनता समाजवादी पार्टी नेपालका जिल्ला तथा प्रदेशका नेता तथा कार्यकर्ताले जनकपुरधाममा टायर बालेर प्रदर्शन गरेका छन्।
उनीहरूले पार्टी अध्यक्ष उपेन्द्र यादव माथि सरकारले षड्यन्त्रपूर्वक मुद्दामा फसाउन खोजेको आरोप लगाउँदै सरकारको विरोध गरेका छन्।
सर्वोच्च अदालतले आज गौर हत्याकाण्डको छानबिन गर्न परमादेश जारी गरेकोमा सरकारले उपेन्द्र यादव माथि भूमि अध्यादेशको विपक्षमा उभिएकाले उनलाई फसाउन खोजेको आरोप लगाएका छन्।
उनीहरूले सो मुद्दा फिर्ता नलिए मधेसभरि आगो बल्ने चेतावनी समेत दिएका छन्।
प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  २०:४४
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
