रास्वपा सभापतिमा फर्किए रवि, पार्टीको केन्द्रीय समितिको आजको बैठकमा सहभागी हुने
सोमबार, चैत १८, २०८१
लामिछानेसहितको बैठकमा पार्टी र सदनको गतिविधिबारे तथा सदस्यहरूबाट संक्षिप्त रिपोर्टिङ हुनेछ । त्यस्तै लिडरसिप एकेडेमीको फ्लोचार्ट, जनयात्रा कार्यक्रम बारे, देशव्यापी जागरण र बहस, अधिवेशन/महाधिवेशन कार्यतालिकामा पनि छलफलको एजेण्डामा
केपी ओलीलाई असफल बनाउन देशी–विदेशी शक्तिले वितण्डा मच्चाए : कमल चौलागाईँ
सोमबार, चैत १८, २०८१
एमाले र केपी ओलीले राष्ट्रको रक्षा, देशको स्वाधीनता, स्वाभिमान, विकास र समृद्धिका लागि काम गरेकै कारण निरन्तर रूपमा चौतर्फी आक्रमण हुने गरेको चौलागाईँको धारणा छ ।
हिन्दु राष्ट्र घोषणाको माग गर्दै राप्रपा मकवानपुरले गर्यो विरोध प्रदर्शन
सोमबार, चैत १८, २०८१
कार्यक्रममा राप्रपा मकवानपुरका कार्यभाग अध्यक्ष सागर थापाले काठमाडौंमा भइरहेको शान्तिपूर्ण आन्दोलनमा सरकारले प्रहरी दमन गरेको आरोप लगाए । उनले सरकारले नेपाली जनतालाई मार्ने बाहेक अरू केही नगरेको बताए ।
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने
सोमबार, चैत १८, २०८१
यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले ‘जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८१’ पेस गर्नेछन् ।
गणतन्त्रविरुद्ध ढुंगा हान्नेहरूसँग कुम जोडेर माओवादीले सदन चल्न दिएन : महेश बर्तौला
आइतबार, चैत १७, २०८१
उनले भने, ‘प्रमुख प्रतिपक्षले लगातार चार दिनदेखि संसद बैठक अवरुद्ध गरिरहेको छन् । प्रमुख प्रतिपक्षले लाज मान्नुपर्ने हो । प्रमुख प्रतिपक्षी दलहरुको राजनीतिक दृष्टिकोणमाथि नै अब प्रश्न चिन्ह खडा भइसकेको छ । बाहिर गणतन्त्रका पक्षमा नाराबाजी लाउने, संसदमा गणतन्त्रका विरुद्धमा ढुंगा हान्नेहरुसँग कुम जोडेर संविधान बमोजिम यो हाउस चल्न नदिने...
प्रधानमन्त्रीको बिमस्टेकको शिखर सम्मेलनमा सहभागिताबारे पूर्व प्रधानमन्त्री र पूर्व पराराष्ट्रमन्त्रीसँग परामर्श
आइतबार, चैत १७, २०८१
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको छलफलमा नेपालको आर्थिक विकास, कनेक्टिभिटी, ऊर्जा, पर्यटन र सांस्कृतिक आदानप्रदानलगायतका क्षेत्रमा भ्रमणलाई मुलुकको अधिकतम् हितमा उपयोग गर्न सुझाव दिइएको छ ।
चैत्र १५ को घटनामा सम्पूर्ण रूपमा पूर्वराजा दोषी छन् : विश्वप्रकाश शर्मा
आइतबार, चैत १७, २०८१
आइतबार संघीय भवन परिषद्मा संचारकर्मीहरूसँग कुरा गर्दै उनले मान्छे मारिएको घटनामा पूर्वराजा नबोलेको भन्दै कस्तो राजा खोजेको भन्दै प्रश्न गरेका हुन् ।
सरकार संवेदनशील बनेन, प्रधानमन्त्री भागेर हिँडे : सांसद पराजुली
आइतबार, चैत १७, २०८१
आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद पराजुलीले विगत चार–पाँच दिनदेखि सदन अवरुद्ध गरेर प्रधानमन्त्री जबाफ दिन डराइरहेको बताएका हुन् ।
सर्वदलीय बैठकमा उठ्यो पूर्वराजालाई कारबाही गर्नुपर्ने माग
आइतबार, चैत १७, २०८१
सिंहदरबारमा जारी बैठकमा नेपाल समाजवादी पार्टी, नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराजा शाहलाई कानुनी कारबाही गर्नुपर्ने धारणा राखेका हुन्।
रवि लामिछाने भोलि देखि पार्टीको जिम्मेवारीमा फर्कने
आइतबार, चैत १७, २०८१
सहकारी प्रकरणमा पक्राउ परे पछि उनी पार्टी जिम्मेवारी भन्दा बाहिर रहेका थिए। हिजो बसेको केन्द्रीय सचिवालय बैठकसम्म उपाध्यक्ष डोलप्रसाद अर्यालले कार्यवाहक सभापतिको हैसियतमा बैठकको अध्यक्षता गरिरहेका थिए।
राजावादीको प्रदर्शन: भ्रम र यथार्थ
आइतबार, चैत १७, २०८१
लोकतन्त्रले २०६२/६३ को आन्दोलनमा देखाएको सपना पूरा गर्न सकेन, बरु नेताहरूको कुर्सीको खेल बन्यो । यी उथलपुथलका पछाडि गहिरो कारण छन् । नेताहरूको सत्ता लिप्सा र गुटबन्दीले राजनीतिलाई अस्थिर बनाएको छ । सत्ताको खिचातानी र जनताको उपेक्षाको परिणाम हुन् ।
हालकै व्यवस्था उत्कृष्ट छ, रक्षा गर्नुपर्छ : डा.महत
आइतबार, चैत १७, २०८१
उनले भने, ‘जनताका अधिकार सुरक्षित छन् । जनताको प्रतिनिधिहरूले शासन गर्छन् । प्रतिनिधिहरूले राम्रो काम गर्न सकेनन् भने प्रतिनिधिलाई हटाउने अधिकार पनि जनतालाई नै छ । त्यसैले यो व्यवस्था संसारभरिका लागि उत्कृष्ट छ । लोकतान्त्रिक अभ्यास यसमै छ । यो भन्दा उत्कृष्ट अर्को व्यवस्था छैन भन्ने कुरामा दुईमत छैन ।...
शुक्रबारको घटनाप्रति नेकपा एसको आपत्ति, पत्रकार हत्यारालाई कारबाहीको माग
आइतबार, चैत १७, २०८१
राजावादी अराजक जत्थाद्वारा गरिएको हत्या, हिंसा, निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाटलगायतका उदण्ड, विध्वंसकारी र जनविरोधी क्रियाकलापको घोर निन्दा एवं भत्सर्ना गर्दै यस्ता क्रियाकलापको देशब्यापी रूपमा भण्डाफोर गर्ने।
साताको लोकप्रिय

