Harsamaya
प्रधानमन्त्रीसँग पत्रकार रजकका परिवारको भेट
प्रधानमन्त्रीसँग पत्रकार रजकका परिवारको भेट प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १५ गतेको तीनकुने-घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारलाई आज भेटेका छन् ।
संविधान र गणतन्त्र विरोधी कार्य सैह्य हुँदैन् : एमाले रौतहट
संविधान र गणतन्त्र विरोधी कार्य सैह्य हुँदैन् : एमाले रौतहट नेकपा एमाले रौतहटले संविधान र गणतन्त्रको पक्षमा मोटरसाइकल र्‍याली निकालेको छ । गरुडाको सुगर मिलबाट सोमबार दिउँसो निस्केको र्‍याली राजमार्ग हुदै गौर पुगेको हो ।
जनकपुरधामबाट एमालेको उद्घोष : राजतन्त्र फर्किन असम्भव (भिडियोसहित)
जनकपुरधामबाट एमालेको उद्घोष : राजतन्त्र फर्किन असम्भव (भिडियोसहित) नेकपा एमालेले जनकपुरधाममा वृहत मोटरसाइकल र्‍याली निकालेको छ । गणतन्त्रको पक्षमा तथा एमालेको सांगठानिक गतिविधिलाई सशक्त बनाउने उद्देश्यले पार्टी सोमबार पार्टीले वृहत मोटरसाइकल र्‍याली निकालेको छ ।
त्रिचन्द्रमा स्ववियु सभातिका उम्मेदवारहरू धर्नामा
त्रिचन्द्रमा स्ववियु सभातिका उम्मेदवारहरू धर्नामा सभापतिका तीन जना उम्मेदवारहरू श्रीधर श्रेष्ठ, बानियाँलगायत धर्नामा बसेका छन् । आठ विद्यार्थी संगठनका सभापतिका उम्मेदवा र दुई स्वतन्त्र उम्मेदवार (नेविसंघको बागी उम्मेदवार)ले निर्वाचन समितिको राजीनामा मागेका छन् ।  उनीहरुले क्याम्पस प्रमुखको राजीनामासमेत मागेका छन् । 
विश्वप्रकाशको प्रश्न : तीनकुने घटनाले सबैको हृदय दुख्यो, पूर्वराजाको किन दुखेन ?
विश्वप्रकाशको प्रश्न : तीनकुने घटनाले सबैको हृदय दुख्यो, पूर्वराजाको किन दुखेन ? उनले भने,‘शुक्रबारको घटनामा सबै राजनीतिक दलको वक्तव्य आएको छ । तोडफोड हुँदा सबैलाई दुख्यो । तर निर्मल निवासलाई दुखेन नागरिक मर्दै गर्दा धेरैलाई दुख्यो तर निर्मल निवासलाई दुखेन । राजा चाहियो भन्ने युवाहरूलाई म भन्न चाहन्छु–तीनकुने घटनाले तपाईंको हृदयलाई दुख्दै गर्दा  हृदय नदुख्ने कस्तो राजा तपाईंहरूले परिकल्पना गर्दै हुनुहुन्छ?’
कुलमान बर्खास्तप्रति ओलीको जबाफ : ‘मन्त्रीसँग सहकार्य नगर्ने कर्मचारी हट्छन्’
कुलमान बर्खास्तप्रति ओलीको जबाफ : ‘मन्त्रीसँग सहकार्य नगर्ने कर्मचारी हट्छन्’ सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले एकजना कर्मचारीको विषयमा प्रश्न उठ्दै आएकाले सदन अवरुद्ध गरी महत्वपूर्ण संसदीय कार्यमा बाधा पुग्न नहुने बताएका हुन् । 
राजावादी हुँ भन्दैमा संसदलाई चेतावनी दिने छुट कसैलाई छैन : बर्तौला
राजावादी हुँ भन्दैमा संसदलाई चेतावनी दिने छुट कसैलाई छैन : बर्तौला यसको साथै, प्रधानमन्त्रीले बोल्दै गर्दा पनि बोल्ने क्रममा प्रतिपक्षको तर्फबाट अवरोध सिर्जना भएको भन्दै सभामुखको अनुमति लिएर बोल्दै गरेको सदस्यलाई रोक्ने अनुमति संसदको नियमावलीले कहाँबाट दियो भन्दै प्रश्न गरेका छन् । 
ज्ञानेन्द्र शाह संलग्न भएपनि उन्मुक्ति पाउन हुन्न : प्रधानमन्त्री ओली 
ज्ञानेन्द्र शाह संलग्न भएपनि उन्मुक्ति पाउन हुन्न : प्रधानमन्त्री ओली  त्यस्तै उनले त्यतिखेर नागरिकको हैसियतमा शान्त जीवन बिताउने, नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार व्यवसाय सञ्चालन गर्ने, पूर्व राष्ट्रप्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने र उहाँलाई नागार्जुन दरबार प्रयोग गर्न र उहाँको मातालाई प्रयोग गरिरहेको नारायणहिटी दरबार परिसरको भवन प्रयोग गर्न दिने सहमति भएको स्मरण गर्दै अहिले ज्ञानेन्द्र...
राजाको स्वागतलाई ‘कथित’ भनिएकोप्रति ज्ञानेन्द्र शाहीको आपत्ति
राजाको स्वागतलाई ‘कथित’ भनिएकोप्रति ज्ञानेन्द्र शाहीको आपत्ति सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शहीले प्रधानमन्त्रीले रोष्टमबाट २५ गतेको राजाको स्वागतलाई कथित भनेर बोलेको शब्दलाई रेकर्डबाट हटाउन आग्रह गरेका हुन् ।
ज्ञानेन्द्र शाहले ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लघंन गरे : प्रधानमन्त्री ओली
ज्ञानेन्द्र शाहले ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लघंन गरे : प्रधानमन्त्री ओली साथै उनले यसका योजनाकार को हुन र कोको संलग्न छन् भन्ने विषयमा सरकारले छानबिन र अनुसन्धान गरिरहेको पनि संसदमा जानकारी गराए ।
थाइल्याण्ड भ्रमणबारे प्रधानमन्त्रीद्वारा संसद्लाई जानकारी
थाइल्याण्ड भ्रमणबारे प्रधानमन्त्रीद्वारा संसद्लाई जानकारी यही चैत १९ गतेबाट थाइल्याण्डमा नेपालका प्रधानमन्त्रीबाट पहिलो औपचारिक भ्रमण हुँदैछ । प्रधानमन्त्री ओलीले नेपालीको निकट छिमेकी बाहेकका देशहरूको भ्रमणमा ‘गेट–वे’को रुपमा रहेको बैंककमा अहिलेसम्म औपचारिक भ्रमण नभएको सन्दर्भमा यो भ्रमण आफैंमा महत्वपूर्ण हुने बताए । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको र थाइल्याण्डका नरेश र समकक्षीसँग भेटवार्ता हुनेछ ।
सिन्धुपाल्चोकका विदुर गिरी प्रेस सेन्टर नेपालको केन्द्रीय सदस्यमा निर्विरोध
सिन्धुपाल्चोकका विदुर गिरी प्रेस सेन्टर नेपालको केन्द्रीय सदस्यमा निर्विरोध उनले प्रेस सेन्टरको सिन्धुपाल्चोक इन्चार्ज भएका थिए । गिरी नेपाल टेलिभिजनको जिल्ला संवाददाता छन् । उनले खबरज्योति अनलाइन र सिन्धु जागरण साप्ताहिक प्रकाशन गरिरहेका छन् ।
Weather Update