Harsamaya
कांग्रेस सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालयमा बोलाईयो,  उपसभामुखविरुद्ध महाअभियोगको तयारी

काठमाडौं - नेपाली काँग्रेसले आफ्ना सांसदहरू आकस्मिक रूपमा संसदीय दलको कार्यालय सिंहदरबार बोलाएको छ । मंगलबार सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालयमा बोलाईएको काङ्ग्रेस सांसद सीता मिजारले जानकारी दिएकी छन् ।

उनले बैठकको विषय नखुलाइए पनि उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग लगाउन हस्ताक्षरका लागि सांसदहरूलाई बोलाएको हुन सक्ने बताएकी छन् । सांसदहरूलाई १२ बजेभित्र दलको कार्यालयमा उपस्थित भइसक्नुपर्ने गरी बोलाइएको छ ।

उपसभामुख राना मगरले संसद सचिवालयको लेटरप्याडमा विभिन्न व्यक्तिलाई अमेरिकाको भिसाका लागि पत्र लेखेको आरोपमा उनीमाथि छानबिनको माग भइरहेको थियो ।

उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने भएकाले हाल संवैधानिक परिषद्मा कांग्रेसको प्रतिनिधित्व नहुँदा उपसभामुख रानालाई हटाउने प्रयास यसअघि पनि भएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १०:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update